तिलोत्तमा (कास) — अवैध बाटोबाट कुवेत लैजान लागिएका ४७ नेपाली महिलाको भारताबाट उद्धार गरिएको छ ।
उनीहरूलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्री, २७ नम्बर गण रूपन्देहीका सहायक प्रहरी उपरीक्षक मेखराज जोशीलगायतको टोलीले भैरहवा नाकाबाट नेपाल प्रवेश गराई जिल्ला प्रहरी कार्यालय भैरहवामा ल्याएको हो ।
उद्धार गरिएका महिलाहरूको प्रवेश रेकर्ड राखेपश्चात् आज नै काठमाडौंस्थित थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्युरो पठाइने डीएसपी गणेश सापकोटाले जानकारी दिए । उनका अनुसार उद्धार गरिएका महिलाको उमेर २२ वर्षदेखि ३२ वर्षसम्मका रहेका छन् ।
