गर्मी बढेपछि प्रतापपुर गाउँपालिकामा ३ दिन विद्यालय बन्द

श्रावण ८, २०८२

नवीन पौडेल

School closed for 3 days in Pratappur rural municipality due to heat

परासी — गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले तीन दिन विद्यालय बिदा गरेको छ ।  चर्को घाम र तातो हावा चलेका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएको हो । 

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज सूचना जारी गर्दै साउन ९ , १० र ११ गते सम्म पालिका भित्रका सबै शैक्षिक संस्थामा बिदा दिन निर्देशन दिएका छन् ।

दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएकाले अत्यधिक गर्मी हुने कारणले बिदा गरिएको गाउँपालिकाले जनाएको छ । जिल्लाको सदरमुकाम परासी र आसपासको क्षेत्रमा केही दिनदेखि तातो हावा चल्ने र गर्मी बढेपछि जनजिवन प्रभावित बनेको छ । जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् ।  

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully