What you should know
पाल्पा — पाल्पाका लागि आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमा ३ अर्ब ८१ करोड ७० लाख फिर्ता भएको छ । संघीय र प्रदेश सरकारबाट १३ अर्ब ५१ करोड ७ लाख बजेट विनियोजन भएकोमा १० अर्ब ९३ करोड ९८ लाख खर्च भएको छ ।
२ अर्ब ५७ करोड ९ लाख रुपैयाँ बजेट खर्च नभई फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकाका लागि विनियोजित ६ अर्ब ८९ करोड १८ लाखमध्ये ५ अर्ब ६४ करोड ५७ लाख खर्च भएको छ । स्थानीय तहबाट १ अर्ब २४ करोड ६१ लाख बजेट फिर्ता भएको छ ।
संघीय सरकारबाट ११ अर्ब १८ करोड ८५ लाख विनियोजन भएकामा १० अर्ब १३ करोड ३७ लाख बजेट खर्च भएको छ । पाल्पाबाट संघीय सरकारको १ अर्ब ५ करोड ४७ लाख फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ ।
चालुतर्फ ७ अर्ब २३ करोड ५८ लाख र पुँजीगततर्फ ३ अर्ब ९५ करोड २६ लाख बजेट रहेको थियो । खर्चतर्फ चालुतर्फ ६ अर्ब ६३ करोड ४० लाख र पुँजीगततर्फ ३ अर्ब ४९ करोड ९६ लाख खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शशिन्द्र खातीका अनुसार प्रदेश सरकारबाट २ अर्ब ३२ करोड २२ लाख बजेट विनियोजन भएकामा १ अर्ब ८० करोड ६१ लाख खर्च भएको छ । ५१ करोड ६० लाख खर्च हुन नसकेर फिर्ता भएको छ ।
चालुतर्फ ८१ करोड ८५ लाख ५९ हजार विनियोजित रकमबाट ६१ करोड ८५ लाख १२ हजार २ सय ६८ रुपैयाँ ३ पैसा खर्च भएको छ । पुँजीगततर्फ १ अर्ब ५० करोड ३६ लाख रुपैयाँबाट १ अर्ब १८ करोड ७६ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।
संघीय सरकारका कार्यालयमध्ये सबैभन्दा धेरै उत्तर–दक्षिण कालीगण्डकी लोकमार्ग आयोजना २ अर्ब ४८ करोड ८९ लाख बजेटमध्ये २ अर्ब ३३ करोड २० लाख खर्च भएको छ । १५ करोड ६९ लाख खर्च हुन सकेन ।
सडक डिभिजन पाल्पाको १ अर्ब २२ करोड ९७ लाख बजेटमा १ अर्ब १ करोड ९० लाख खर्च भएको छ भने २१ करोड ६ लाख खर्च हुन सकेन । तानसेन नगरपालिकामा २४ करोड ६८ लाख बजेटमा २२ करोड ७६ लाख खर्च भएको छ । १ करोड ९२ लाख खर्च हुन सकेन ।
करदाता सेवा कार्यालय पाल्पाको २ करोड ९५ लाखमध्ये १ करोड ७४ लाख खर्च भएको छ भने २ करोड २१ लाख फिर्ता भएको छ ।
पुँजीगततर्फको १ करोड ९७ लाख बजेट थियो । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको ३ करोड ३२ लाख बजेटमा २ करोड ५८ लाख खर्च भएको छ । ७४ लाख बजेट फिर्ता भएको छ ।
प्रदेश सरकारतर्फ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको १८ करोड ८१ लाख बजेटमध्ये १२ करोड ४७ लाख खर्च भएको छ । ६ करोड ३३ लाख फिर्ता भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको ४ करोड ५५ लाख बजेटमध्ये ३ करोड ६० लाख खर्च भएको छ । ९५ लाख बजेट फिर्ता भएको छ । कृषि ज्ञान केन्द्रको ३ करोड ९२ लाख बजेटमा २ करोड ३९ लाख खर्च भएको छ । १ करोड ५३ लाख फिर्ता भएको छ ।
डिभिजन वन कार्यालयको ८ करोड ९४ लाख बजेटमा १ करोड ६८ लाख बजेट फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले जनाएको छ । सडक पूर्वाधार विकास कार्यालयको ६९ करोड ९५ लाख बजेटमा ५४ करोड ८३ लाख खर्च भएको छ ।
१५ करोड १२ लाख फिर्ता भएको छ । सहरी विकास तथा भवन कार्यालयको २५ करोड ७४ लाख बजेटमा २३ करोड २९ लाख खर्च भएको छ । २ करोड ४४ लाख बजेट फिर्ता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको १८ करोड २१ लाख बजेटमा १६ करोड ५५ लाख खर्च भएको छ ।
१ करोड ६५ लाख फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख शशिन्द्र खातीले बताए । सामाजिक विकास डिभिजन कार्यालयको २० करोड ६७ लाख बजेटमा १२ करोड ५३ लाख खर्च भएको छ । ८ करोड १४ लाख फिर्ता भएको छ ।
पाल्पा अस्पताल रामपुरमा ६ करोड २८ लाख बजेटमा ४ करोड ३२ लाख खर्च भएको छ । १ करोड ९५ लाख खर्च हुन सकेन । भू तथा जलाधार व्यवस्थापन कार्यालयको ६ करोड ६३ लाख बजेटमा ५ करोड १० लाख खर्च भएको छ । १ करोड ५१ लाख खर्च हुन सकेन ।
