What you should know
कपिलवस्तु — मुलुककै १० ठूला भन्सारमा पर्ने कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा करिब दुई प्रतिशत कम भन्सार राजस्व उठाएको छ ।
गत आव ०८१/८२ मा ५३ करोड २५ लाख ६८ हजार ९ सय लक्ष्य दिइएकामा ९८ दशमलव २५ प्रतिशत अर्थात् ५२ करोड ३२ लाख २५ हजारमात्र राजस्व संकलन गरेको हो ।
अघिल्लो आव ०८०/८१ मा संकलन गरिएकोभन्दा गत आव ०८१/८२ मा सकलन गरिएको राजस्व १३ दशमलव ५ प्रतिशत बढी रहेको कृष्णनगर भन्सार अधिकृत तथा सूचना अधिकारी लेखनाथ भट्टराईले बताए ।
यो भन्सार नाकाबाट मुख्य रुपमा सिमेन्ट उद्योगका कच्चा पदार्थ कोइला, खरानी, जिप्सम, बियरको कच्चा पदार्थ माल्ट, बोतल तथा क्यान, स्टिल उद्योगको कच्चा पदार्थ स्पन्ज आइरन, चामल, फलफूल र तरकारी आयात हुन्छ । त्यस्तै यो भन्सार नाकाबाट सिमेन्ट, प्लाइउड, क्लिङ्कर, रोजिन, जडीबुटी र हस्तकलाका समान निर्यात हुन्छ ।
