मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

श्रावण १, २०८२

कान्तिपुर संवाददाता

One person died in a motorcycle accident

तिलोत्तमा — रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलोत्तमा नगरपालिका-६ का २० वर्षीय करण कुँवर क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो ३ बजेर १० मिनेटमा सिद्धार्थ राजमार्गको देवकोटा चोकदेखि बुद्ध चोकतर्फ आउँदै गरेको लु ९५ प १४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको थियो । 

टाउको र छातीमा चोट लागेका उनलाई उपचारका लागि भिम अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा उनको ५ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully