गुल्मीमा कालीगण्डकी करिडोरको दुवै खण्ड एकतर्फी सञ्चालनमा

असार ३१, २०८२

सन्तोष महतारा

Both sections of the Kaligandaki Corridor at Gulmi are in one-way operation

गुल्मी — गुल्मीमा कालीगण्डकी करिडोरको दुवै खण्ड एकतर्फी सञ्चालनमा आएको छ । कालीगण्डकी गाउँपालिका-१ गरगरे र वडा नम्बर ६ बर्लवामा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

दुवै ठाउँमा माथिबाट चट्टान सहितको ठूलो पहिरो खस्दा आइतबार बिहानैदेखि सडक अवरुद्ध भएको थियो । यी ठाउँमा पटकपटक सडक अवरुद्घ हुने गरेको छ । जसका कारण कालीगण्डकी करिडोर हुँदै हिँड्ने यात्रुले सास्ती खेप्नुपरेको थियो । स्थानीय यात्रु पनि मारमा परेका थिए ।

पहिरोग्रस्त क्षेत्रमा पूर्तिघाट प्रहरी चौकीबाट खटिएको टोलीले सडक खुलाउन स्थानीय पालिका र निर्माण व्यवसायीसँग समन्वय गरेको थियो । त्यसपछि अवरुद्ध दुवै खण्ड एकतर्फी संचालनमा आएको हो ।

कालीगण्डकी करिडोरको यसक्षेत्रमा पानी पर्दा लेदो सहितको पहिरो र पानी नपरेपनि ठूला चट्टान सहितको सुख्खा पहिरो खस्दा पटकपटक अवरुद्ध हुने गरेको हो ।

सन्तोष

Link copied successfully