दाङ — बबई नदीमा बगेर सोमबार दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका-५, पुरन्धारा छहरानजिकै बबई नदीमा पौडी खेल्ने क्रममा बगेका तुलसीपुर उपमहानगरपालिका-७, झुमरे निवासी १७ वर्षीय विधान केसी र तुलसीपुर-५ निवासी १८ वर्षीय कुशल बुढा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तीन जना साथीहरू नदीमा पसेकोमा एक जना पौडेर निस्कन सफल भएको र अन्य दुई जना बगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।
बगेर बेपत्ता भएका उनीहरुको शव नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा ५० मिटर तल फेला परेको उनले जानकारी दिए ।
