बर्दिया — नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्ण प्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी चक्र डमर पालका अनुसार शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको रातप मृत्यु भएको हो। हुलाकी सडकको सोही पालिका–८ स्थित गणेश चोकमा मोटरसाईकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए।
साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो,’ उनले भने। मोटरसाइकल चालक विष्णु पौडेल घाईते भई गुलरियामा उपचार भइरहेको छ ।
बारबर्दिया नगरपालिका–४ का साइकल यात्रु प्रदिप थारु सामान्य घाइते भई उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ । ५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष बनेका थिए।
