उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस

असार २९, २०८२

सन्जु पौडेल

RPP recommends 6 candidates for by-elections in Rupandehi

तिलोत्तमा — रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जनाको नाम सिफारिस गरिएको छ । 

राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले ६ जनाको नाम केन्द्रलाई सिफारिस गरेको हो । पार्टीको रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागर प्रताप राणासहित केन्द्रीय सदस्य वसन्त विक्रम शाही, युवा नेता क्याप्टेन गौरव बोहरा, इन्जिनियर प्रज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिकको नाम सिफारिस गरिएको हो । त्यस्तै बैठकले उपनिर्वाचनको तयारी गर्ने समेत निर्णय गरेको छ ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका नेता दीपक बोहरा कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गत चैतमा बोहराको निधन भएपछि निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully