दाङ — तुलसीपुर उपमहानगरपालिका-१३, रनियापुरमा सर्पको डसाइबाट आइतबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका एनिस परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घरभित्रै खेलिरहेका बेला सर्पले उनको देब्रे हत्केलाको पछाडिपट्टि डसेको थियो । घाइते बालकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।
