कपिलवस्तु नगरपालिकाद्वारा दुई सञ्चारकर्मी सम्मानित

असार २७, २०८२

मनोज पौडेल

Two journalists honored by Kapilvastu municipality

कपिलवस्तु — कपिलवस्तु नगरपालिकाको १८ औं नगरसभाको दोस्रो बैठकले नगरमा क्रियाशील दुई संचारकर्मीलाई शुक्रबार पुरस्कृत गरेको छ ।

नगरको विकास निर्माण, नमुना अभ्यास र जनजीविकाका सवाललाई निरन्तर कलम चलाएर संचार माध्यममार्फत उजागर गरेका स्थानीय गुलाम अली र अजय साहानीलाई उत्कृष्ट पत्रकारको सम्मान प्रदान गरिएको हो ।

नगर प्रमुख सुदीप पौडेल, उपप्रमुख सुनिता गुप्ता र प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले दुवै सञ्चारकर्मीलाई दोसल्ला ओढाएर जनही २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

मनोज पौडेल

Link copied successfully