पेस्तोल र गोलीसहित किशोर पक्राउ

असार २५, २०८२

कान्तिपुर संवाददाता

Juvenile arrested with pistol and bullets

दाङ — घोराहीमा मंगलबार बेलुका पेस्तोलसहित एक किशोर पक्राउ परेका छन्।

कपुरकोट गाउँपालिका–३, फलाटे सल्यान घर भई हाल घोराही उपमहानगरपालिका–१५, बीपी चोक नजिकैको लोटस ट्रेनिङ सेन्टरमा बस्दै आएका १९ वर्षीय अजय विकलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय, घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा खटिएकोे टोलीले विक बस्ने होस्टेलको खाटमुनि लुकाएर राखेको अवस्थामा ०.३२ क्यालिबरको पेस्तोल बरामद् गरेको हो।

उनको साथबाट सोही पेस्तोलमा लाग्ने चार राउन्ड गोली र सात राउन्ड क्षमताको म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए । विकमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully