दाउरा समाउन नारायणीको भेलमा पसेका बालक बेपत्ता

असार २५, २०८२

नवीन पौडेल

A boy who went into Narayani's vel to catch firewood has gone missing

परासी — नारायणी नदीमा आएको भेलले बगाउँदा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ का एक बालक बेपत्ता भएका छन् ।

नारायणी नदीको ठोक्कर नम्बर १४ नजिकै बाढीले बगाएर ल्याएको दाउरा समाउन खोज्दा स्थानीय १३ वर्षका कृष्ण मल्लाह बेपत्ता भएको प्रहरीले जनाएको छ । साथीहरूसँग मिलेर दाउरा समाउन भेलमा पसेका मल्ल बेपत्ता भएको र सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी कार्य गरिहेका छन् । 

नदीमा बाढी आएपछि बगाएर ल्याएका सामान र दाउरा समाउन यस क्षेत्रमा स्थानीयको भीड लाग्ने गरेको छ । स्थानीय तह र प्रशासनले बाढीमा नपस्न भनेपनि स्थानीयले दाउरा संकलन गरेर खाना पकाउन र बाँकी रहेको बिक्री वितरण गर्न भन्दै नारायणी नदीमा अंकुसीले दाउन्ने तान्ने गर्दछन् । हरेक वर्ष यस क्षेत्रमा वर्षामा यस्तो घटना घट्ने भएपनि स्थानीयले दाउरा समाउन भने छोडेका छैनन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully