सेवाग्राहीसँग घूस माग्ने वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

असार २३, २०८२

सन्जु पौडेल

Ward president who asked for bribe from the customer is under the control of the authority

तिलोत्तमा — रूपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जनार्दन यादव र सिद्धार्थनगर नगरपालिका–९ स्थित श्रीगणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई अख्तियारले नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी सूचना अधिकारी गीता आचार्यका अनुसार वडाध्यक्ष यादवले विभिन्न योजनाको निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी सिफारिस प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाइ गरी घूस मागेका थिए ।

उक्त घूस रकम सञ्चालक पाण्डेयले लिइसकेको अवस्थामा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादव र सञ्चालक पाण्डेयलाई तीन लाख रुपैयाँ घूससहित सोमबार नियन्त्रणमा लिएको आचार्यले जनाइन्।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully