छोराले गरे बाबुको हत्या

असार २२, २०८२

रुपा गहतराज

The son killed the father

नेपालगञ्ज — बाँकेको बैजनाथ गाउँपालिकामा आफ्नै छोराले बाबुको हत्या गरेका छन्।

बैजनाथ गाउँपालिका–२ मकैबारी निवासी ३२ वर्षीय भविलाल रोकाले धारिलो हतियार प्रयोग गरी बुवा ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बाबुको हत्यापछि भविलाल फरार छन्। 

इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालका अनुसार शनिबार घरमा भएको सामान्य विवादका कारण भविलालले बाबुको हत्या गरेको बताए। घटनाको विस्तृत अनुसन्धान भइरहेको उनले बताए। लागूऔषध सेवनकर्ता भविलाल दुई पटक सधार केन्द्रमा बसेर फर्किएका थिए ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully