बालिका बलात्कारको अभियोगीलाई १८ वर्ष कैद

असार १८, २०८२

कमल पन्थी

18 years in prison for girl rape accused

बर्दिया — बालिकालाई बलात्कार गर्ने अभियोगीलाई जिल्ला अदालत बर्दियाले १८ वर्षको कैद सजाय तोकेको छ । बारबर्दिया नगरपालिका–२ का २० वर्षीय विकास थारुलाई जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको एकल इजलासले उक्त सजाय सुनाएको हो ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा १८ वर्ष कैद सजायसहित ७ लाख जरिवाना,५० हजार रुपैयाँ क्षतिपूर्ति र २८ हजार रुपैयाँ राहत कोषमा जम्मा हुने गरी थारुलाई दोषी ठहर गर्दै फैसला भएको अदालतकी सूचना अधिकारी अमृता केसीले बताइन् । 

२०८० फागुन १८ गते थारुले बलात्कार गरेको जाहेरी दिएपछि गत फागुन २० गते प्रहरीले पक्राउ गरेको थियो ।

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully