लुम्बिनी प्रवर्द्धन गर्न मायादेवीका मुख्य सडकमा ४१ वटा बुद्धमूर्ति

असार १७, २०८२

सन्जु पौडेल

41 Buddha statues on the main road of Mayadevi to promote Lumbini

तिलोत्तम — रुपन्देहीको मायादेवी गाउँपालिकाका मुख्य सडकमा ४१ वटा बुद्धको मूर्ति राखिएका छन् । पालिकाको हाटीबनगाईदेखि महजिदिया चोकसम्म ४१ वटा मूर्ति राखिएको मायादेवी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर नवराज ढुंगानाका अनुसार ४८ लाखको लागतमा ती मूर्ति राखिएको हो ।

बुद्ध जनमस्थल लुम्बिनी जाने बाटो पालिकाबाट पर्ने भएकाले लुम्बिनीको प्रवर्द्धन र पर्यटक आकर्षण गर्न पालिकाले भूमिका निभाएको अध्यक्ष ध्रुवनारायण चौधरीले बताए । 

उनले पालिकाको नाम मायादेवीसँग जोडिएकोले पनि लुम्बिनीप्रति पालिकाको दायित्व रहेकाले त्यो पूरा गर्ने प्रयास गरेको जनाए । बुद्ध मूर्ति राखिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

पालिकाले आगामी आर्थिक वर्षमा मुख्य चोकमा हाईमास्ट लाईट जडान गरी उज्यालो सडक बनाउने योजना राखेको उनले बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully