विद्युत् पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु

असार १४, २०८२

सन्तोष महतारा

A 40-year-old man was electrocuted while climbing an electric pole and died

गुल्मी — गुल्मीमा करेन्ट लागेर ४० वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्ला द्वानेटास्थित विद्युत् पोलमा चढेर मर्मतको काम गर्ने क्रममा स्थानीय ४० वर्षीय झबिन्द्र घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।

प्रहरीका अनुसार, करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो। उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। हाइटेन्सन लाइन अन्तर्गत फलामको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

घटनास्थलमा प्रहरी चौकी मर्भुङबाट प्रहरी सहायक निरीक्षक दीपक शाहको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

सन्तोष महतारा

Link copied successfully