जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

असार १०, २०८२

सन्तोष महतारा

One person was arrested on charges of extortion

गुल्मी — सुस्त मनस्थिति र पूर्ण अपाङ्गता भएकी एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा इस्मा गाउँपालिका-३ का ३६ वर्षीय गोरबहादुर सुनार  पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ गरिएका सुनारमाथि मंगलबार गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

असार ७ गते दिउँसो जबरजस्ती करणी गरेको भनी जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दर्ता हुनासाथ  आइतबार नै पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

सन्तोष

Link copied successfully