बढैयातालमा ट्र्याक्टरसहित सालको चिरानी काठ बरामद

असार १०, २०८२

कमल पन्थी

A year's worth of wood was recovered along with a tractor

बर्दिया — बढैयाताल गाउँपालिका–६ उच्चागाउँमा बेवारिस अवस्थामा रहेको ट्र्याक्टरमा लोड गरिराखेको सालको काठ प्रहरीले बरामद गरेको छ ।

मैनापोखरबाट बासगढी आउजाउ गर्ने भित्री सडक खण्डमा भे १ त ६०८२ नम्बरको ट्रलीसहित ट्र्याक्टरमा १ सय २९ दशमलव ५७ क्युफिट सालको चिरानी काठ बरामद भएको हो ।

चिरानी काठ १३ लाख ५ सय ६५ रुपैयाँको मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्र डमर पालले जानकारी दिए । बरामद काठ र ट्र्याक्टर आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय बासगढी पठाइएको उनले बताए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully