पोखरीमा ट्याक्टर खस्दा दुई महिलाको मृत्यु

असार ९, २०८२

मनोज पौडेल

Two women died when the tractor fell into the pond

कपिलवस्तु — कपिलवस्तु नगरपालिका–८, पश्चिम दोहनीमा ट्याक्टर चिप्लिएर पोखरीमा खस्दा दुई स्थानीयको मृत्यु भएको छ ।

सोमबार बिहान करिब ११:३० बजे रोपाइँ गर्न ट्याक्टरमा बसेर जाँदै गरेका पश्चिम बेलहवाकी २२ वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरीको पोखरीमा चिप्लिएर खसेको ट्याक्टरले च्याप्दा मृत्यु भएको वडाध्यक्ष शिवकुमार पाण्डेयले जानकारी दिए ।

राति परेको पानीले नयाँ माटो राखेर बनाइएको पोखरीको डिलको सडक हुँदै जाँदा ट्याक्टर चिप्लिएर पोखरीमा खस्न पुगेको थियो ।

ट्याक्टरमा चालकसहित ६ जना सवार थिए । तीमध्ये अन्य ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । चालक फरार छन् ।

अचेत अवस्थामा रहेका दुवै महिलालाई सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पतालमा ल्याइए पनि उपचारकै क्रममा करिब १२:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनमणि अधिकारीले जानकारी दिए ।

ट्र्याक्टर पोखरीमै डुबेकाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मनोज पौडेल

Link copied successfully