कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्ड एकतर्फी सञ्चालन

असार ८, २०८२

सन्तोष महतारा

One way operation of Gulmi section under Kaligandaki Corridor

गुल्मी — पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

कालीगण्डकी गाउँपालिका-१ गरगरेस्थित कालीगण्डकी करिडोर सडकखण्डमा माथिबाट पहिरो खस्दा सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो ।  

लगातारको प्रयासपछि आइतबार साँझ मात्रै सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । 

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीय छोटो दूरीमा चल्ने सवारीसाधन, सदरमुकाम तम्घास, बाग्लुङ, पर्वत, बुटवल र पोखरा लगायतमा चल्ने सवारीसाधन आवतजावतमा समस्या भएको थियो । 

केही दिन अघिमात्रै पनि कालीगण्डकी करिडोरकै कालीगण्डकी गाउँपालिका-६ बर्लबामा पहिरो खस्दा अवरुद्ध सडक भने दुई दिनपछि एकतर्फी सञ्चालनमा आएको थियो । उक्त सडक पनि अझै दुईतर्फी सञ्चालनमा आउन सकेको छैन ।

सन्तोष महतारा

Link copied successfully