विनयी खोलामा डाइभर्सन निर्माण गरेर दाउन्नेमा फसेका ठूला सवारी पठाइने

असार ८, २०८२

नवीन पौडेल

Diversions will be constructed in Vinayi River to divert large vehicles stuck in the river

नवलपरासी — नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत दुम्कीबासमा बिहीबार राति डाइभर्सन बगाएपछि चार दिनदेखि दाउन्नेमा फसेका ठूला सवारी साधन पार गराउन विनयी खोलामा डाइभर्सन निर्माण गरिएको छ ।

साना र यात्रुवहाक सवारी वैकल्पिक मार्ग हुँदै सञ्चालनमा आएपनि ट्रक, लरी र मालवहाक सवारी भने दाउन्नेमै रोकिएका छन् । 

बर्दघाट र दुम्कीबासमा रोकिएका सवारी साधनलाई फर्काएर वैकल्पिक मार्ग प्रयोग गर्न भनिएपनि दाउन्ने पहाडमा रोकिएका मालवहाक सवारी फर्कन नसक्ने र दाउन्ने पार पनि गर्न नसक्ने अवस्था छ । 

रोकिएका सवारी साधनलाई केही समयका लागि डाइभर्सन बनाउने र दाउन्नेमा फसेका सवारी साधन पार भएपछि डाइभर्सन फेरि बन्द गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रमुख यादव ढकाल्ले बताए । त्यसका लागि अहिले डाइभर्सन निर्माण भइरहेको र आज बेलुकादेखि डाइभर्सनबाट फसेका सवारी पार गराइने छ । 

सडक विभागले बुटवल–नारायणगढ सडक खण्डको यात्रा गर्दा विकल्प खोज्न र विनयी खोलामा नयाँ पुल सञ्चालन नहुँदासम्म रातको समयमा यातायत सञ्चालनमा रोक लगाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully