दाउन्नेमा ठूला र मालबाहक सवारी सञ्चालनमा रोक

असार ७, २०८२

नवीन पौडेल

Prohibition of operation of large and cargo vehicles in Downey

नवलपरासी — पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवास दाउन्ने खण्डमा ठूला र भारी सवारी सञ्चालनमा रोक लगाइएको छ ।

दाउन्ने खण्डमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि सडक विभाग र प्रशासनले यस्तो निर्णय गरेको हो ।

निर्माणाधीन नारायणघाट-बुटवल सडकको दुम्कीवासस्थित विनयी खोला पुलको डाईभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकोले नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । 

दाउन्ने खण्डको केही स्थानहरुमा ग्राबेल राखेर सडकमर्मत गर्ने काम भइरहेको छ । आयोजनाले सूचना जारी गर्दै यो सडक खण्डमा साँझ सात बजेदेखि बिहान पाँच बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ । वैकल्पिक सडक प्रयोग गर्नु प्रशासनले आग्रह गरेको छ ।

Prohibition of operation of large and cargo vehicles in Downey

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully