जरिवाना नतिरी फरार प्रतिवादी पक्राउ

असार ६, २०८२

कमल पन्थी

Absconding defendant arrested without paying fine

बर्दिया — जग्गासम्बन्धी मुद्दामा १ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेकी प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत, बर्दियाको २०८२ जेठ २३ गतेको फैसला आदेशले जग्गासम्बन्धी मुद्दामा जरिवाना तोकेपछि फरार गुलरिया नगरपालिका–८ आशापुरकी ६८ वर्षीया चम्पा लोध पक्राउ परेकी हुन् । आफ्नै घर वतमा लुकीछिपी रहेको अवस्थामा लोधलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्र डमर पालले बताए । 

लोधलाई कारबाहीका लागि जिल्ला अदालत बर्दियामा बुझाइएको उनले जनाए । 

कमल पन्थी पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully