तिलोत्तमा — रुपन्देहीमा पौडी खेल्ने क्रममा एक जना किशोरकोको डुबेर मृत्यु भएको छ ।
बुधबार जिल्लाको सिद्धार्थनगरस्थित एक वाटर पार्कमा भारतको नौतनवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।
अन्सारी बुधबार स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए । डुबेर घाइते भएका उनलाई उपचारका लागि भीम अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
