सुतिरहेका श्रीमान्‌काे हत्या

असार १, २०८२

वीरेन्द्र केसी

Murder of sleeping husband

अर्घाखाँची — अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३ शिख्र गाउँमा राति सुतिरहेका श्रीमान्‌लाई धारिलाे हतियारले टाउकामा पछाडिबाट प्रहार गरेर श्रीमतीले हत्या गरेकी छन् ।

३८ वर्षीय रामु कुमाललाई २७ वर्षीया मेखमाया कुमालले मध्यराति साढे १२ बजेतिर हत्या गरेकाे प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । 'रामुलाई सुतिरहेको बेला मेखमायाले टाउकामा पछाडिबाट दाउले हानेर हत्या गरेकी हुन्,' उनले भने ।

बेलुका दुवैबीच घरायसी कुरामा सामान्य विवाद भएको थियो । मेखमायालाई प्रहरीले आइतबार बिहान घरबाटै पक्राउ गरेको छ । 

वीरेन्द्र

Link copied successfully