भरुवा बन्दुकसहित दाङमा एक जना पक्राउ

जेष्ठ ३१, २०८२

दुर्गालाल केसी

One person was arrested in Dang with a loaded gun

दाङ — बंगलाचुली गाउँपालिका–३ लेखटापाका ४४ वर्षीय लुमबहादुर रावत भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

घरमा अवैध हातहतियार तथा खरखजाना लुकाइछिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक सोम घर्ती मगरको कमान्डमा खटिएको प्रहरी टोलीले बिहीबार रावतको घर खानतलासी गर्दा एक नाले भरुवा बन्दुक बरामद गरेको हो।

बन्दुक फेला परेपछि रावतलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन्।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully