ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु

जेष्ठ २९, २०८२

कमल पन्थी

One person died when a truck and a motorcycle collided with each other

बर्दिया — बर्दिया बासगढी नगरपालिका–१ चेपांगस्थित रत्न राजमार्गमा बिहीबार दिउँसो ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ । 

सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ३ ख ३८९९ नम्बरको ट्रक र विपरीत दिशाबाट आएको भे १३ प ४४८२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दैलेख दुल्लु नपा–१ का ४२ वर्षीय मनबहादुर खड्का गम्भीर घाइते भई शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बासगढीका प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए । 

ट्रक चालक कैलाली जिल्ला गोदावरी नगरपालिका–८ का राजेश राना मगरसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक यमाशंकर प्रसादले जनाए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully