दुम्कीवासको डाइभर्सन बगाउँदा महेन्द्र राजमार्ग अवरुद्ध

जेष्ठ २९, २०८२

नारायण शर्मा

Mahendra Highway blocked due to diversion of Dumkiwas

नवलपरासी — बुटवल-नारायणगढ सडक खण्डको दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार आज बिहान पाल्पातिर परेको वर्षाको पानीले विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको हो । बिहान साढे ८ बजेदेखि राजमार्ग अवरुद्ध रहेको छ ।

डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेट हुँदै भित्री सडकबाट आवागमन सुचारु गरिएको छ । ठुला र मालबहाक गाडी राजमार्गमै रोकिएका छन् । खोलामा बाढी रोकिएपछि डाइभर्सन सडक निर्माण गरेर ठुला र मालबहाक गाडी वारपार गराइने प्रहरीले जनाएको छ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully