बर्दघाटको अन्नपूर्ण पोल्ट्री फर्ममा भीषण आगलागी, करिब ६ हजार कुखुरा मरे

जेष्ठ २९, २०८२

नवीन पौडेल

Fierce fire at Annapurna Poultry Farm in Bardghat, about 6 thousand chickens died

परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ। बुधबार राति भएको आगलागीमा परेर फर्ममा रहेका ५  हजार ७ सय वटा कुखुरा जलेर मरेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए । 

आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला जलेर मरेका छन्। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

बर्दघाट नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट फर्मको भौतिक संरचनामा समेत क्षति भएको छ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully