कावासोतीका भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण 

जेष्ठ २८, २०८२

नवीन पौडेल

Distribution of red parts to landless Dalits and squatters of Kawasoti

नवलपुर — पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ । 

कावासोती नगरपालिका –४ का भूमिहीन दलित र सुकुम्बासी परिवारका २५ जनालाई लालपुर्जा वितरण गरिएको हो । भूमि समस्या समाधान आयोगले कावासोती नगरपालिकासँग समन्वय गरेर पूर्वा वितरण गरेको आयोगका जिल्ला अध्यक्ष तारापति खरेलले बताए । 

कावासोती नगरपालिकमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी  र अव्यवस्थित बसोवासी गरेर ५ हजार ५ सय ९६ जनाले फारम भरेको र क्रमिकरूपमा नियम अनुसार सबैलाई जग्गाधनी पुर्जा वितरण गर्ने कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताए । 

वर्षौंदेखि जोतभोग र बसोबास गर्दै आएको जग्गाको लालपुर्जा हातमा परेपछि ढुक्क भएको कावासोती-४ की कलबहादुर परियारले बताए । पुर्जा प्राप्त गरेपछि स्थानीय बासिन्दाहरूले पञ्चेबाजा बजाएर खुसी मनाएका थिए । पुर्जा वितरण कार्यक्रममा पूर्वसंघीय सांसद तिलक महत, गण्डकी प्रदेशका पूर्वसांसद विष्णु लामिछानेलगायत राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । 

जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरेर करिब ३५ हजारले जग्गा धनी पुर्जाका लागि फारम भरेका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully