भन्सार छलेर ल्याइएको ३० टन चिनी बरामद

जेष्ठ २५, २०८२

नवीन पौडेल

30 tons of sugar imported by evading customs seized

परासी — पश्चिम नवलपरासीमा भन्सार छली गरेको ३० टन चिनी प्रहरीले बरामद गरेको छ । भारतबाट भन्सार छली गरेर नेपाल ल्याइएको चिनी आइतबार सरावल  गाउँपालिका-६ मधवलियाबाट बरामद गरिएको हो ।

लु १ झ ३३३६ नम्बरको पिकअप भ्यानमा ल्याउँदै गर्दा  ३ हजार ५ सय केजी चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले बताए । चालक जितेन्द्र कोहारलाई पनि नियन्त्रणमा लिइएको छ ।

बरामद भएको चिनी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार पठाइएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully