माओवादीको महत्त्व झन् बढ्यो, ०८४ मा एक्लै लडेर बहुमत ल्याउँछौं : उपमहासचिव पुन 

जेष्ठ ९, २०८२

वीरेन्द्र केसी

The importance of Maoists has increased, we will fight alone in 084 and bring the majority: Deputy Secretary General again

अर्घाखाँची — माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनताको पक्षमा कुनै पनि राम्रो काम गर्न नसक्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारको खोजी हुन थालेको दाबी गरेका छन् ।

उनले हरेक संकटमा माओवादी अलग शक्ति आवश्यक भएको जनताले पुष्टि गरेकाले आउँदो २०८४ को तीनवटै तहका चुनावमा माओवादी एक्लै लडेर बहुमत ल्याउने बताए । 

माओवादी निकट अखिल नेपाल खेलकुद महासंघको शुक्रबार सन्धिखर्कमा प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पुनले वर्तमान दुई ठूला दल कांग्रेस एमालेको सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको, सुशासन कायम गर्न नसकेको बताए । ‘हामी अभियान लिएर देश दौडाहमा हिँडेका छौं, जहाँ गयो त्यहाँ माओवादीप्रति आकर्षण, उत्साह र जागरण देखिएको छ,’ उनले भने, ‘माओवादीप्रति जनतामा आशा, भरोसा र विश्वास अझ बढ्दै गएको छ । ०८४ को स्थानीय तह, प्रदेश र संघको चुनावमा कांग्रेस/एमालेबिना माओवादीले एक्लै लडेर बहुमत ल्याउँछ ।’ 

सुशासन कायम गर्दै राम्रो काम गर्दागर्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक ढालेकाले प्रतिपक्षमा आएर अझै दाह्रोसँग राजनीतिक एजेण्डालाई जनतासमक्ष लैजान र उठाउने मौका मिलेकाले जनताको अपार माया पाएको उनको दाबी छ । ‘वर्तमान सरकारले दस महिनासम्म एउटा पनि राम्रो काम गरेन,’ उनले भने, ‘माओवादीको देश र जनतामा महत्व बढ्यो ।’

वीरेन्द्र

Link copied successfully