बर्दिया — प्रहरीले ब्राउन सुगरसहित तीनजनालाई बुधबार पक्राउ गरेको छ । सिमावर्ती भारतको बलैगाउँ हुँदै बढैयाताल गाउँपालिका–३ तमौलीपुरतर्फ आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
अछाम कमल बजार नगरपालिका–५ कुइकाका २३ वर्षीय दीक्षित तिमिल्सेनाले चलाएको भे १२ प ६६६३ नम्बरको मोटरसाइकलमा सवार बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका २५ वर्षीय दिपक सिजाली मगर र महेशराम घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी चक्र डम्बर पालले जनाए ।
प्रहरीले जाँच गर्दा ८ सय ७० मिलीग्राम उक्त पदार्थ फेला परेको उनले बताए । प्रहरीले उक्त पदार्थ, मोटरसाइकलसहित तीनै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
