प्रचण्ड बहुमतले माओवादीलाई जिताउनूस् : दाहाल

मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दाहाल थबाङमा

जेष्ठ ७, २०८२

काशीराम डाँगी

Let the overwhelming majority defeat the Maoists: Dahal

रोल्पा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालमा जस्तै माओवादीलाई सत्तामा पुर्‍याउन द्वन्द्व उद्‍गम स्थलका मतदातासँग आग्रह गरेका छन्। मध्यपहाडी लोकमार्ग अभियानका क्रममा बुधबार रोल्पाको थबाङमा आयोजित सभामा बोल्दै दाहालले प्रचण्ड बहुमतसहित पार्टीलाई सत्तामा पुर्‍याएमा पुनः विकासको मुख्य अभियानमा जोडिने प्रतिबद्धता व्यक्त गरे।

'हिजो जस्तै हाम्रो पार्टीलाई तपाईंहरूको साथ र समर्थन रहँदै आएको छ। फेरि पनि पहिलो संविधानसभाको निर्वाचन २०६४ मा जत्तिकै साथ दिनुहोस् । हामी मुलुकको विकासमा फ़ेरि नेतृत्व गर्नेछौं,' पूर्वप्रधानमन्त्री दाहालले सभामा भेला भएका जिल्लाभरका कार्यकर्ताबीच भने, 'तपाईंहरूले फेरि पनि साथ दिनुभयो भने जनताको अवस्था बदल्न टेवा पुग्नेछ। म त्यसको नेतृत्व गर्छु।'

शान्ति प्रक्रियापछि चौथोपटक आफैंले नेतृत्व गरेको सशस्त्र द्वन्द्वको उद्‍गम थलो थबाङमा पुगेका दाहालले 'जनयुद्ध'मार्फत परिवर्तन गरेको अवस्थामा थबाङी र यस क्षेत्रका समुदायको महत्त्वपूर्ण भूमिका रहेको दोहोर्‍याए । उनले दस वर्षको सशस्त्र संघर्ष पूरा गर्न र राष्ट्रिय स्तरमा पार्टीलाई स्थापित गराउन रोल्पालीले योगदान गरेको स्मरण गरे। 'यहीँबाट जनयुद्ध सुरु गर्‍यौं, हाम्रा कमान्डर नन्दबहादुर पुन (हामीले नन्दकिशोर पुन भन्छौं) दुईपटक महत्त्वपूर्ण एवम् माथिल्लो पद उपराष्ट्रपति बन्नुभयो। उहाँ आज पनि हामीसँगै आन्दोलनमा हुनुहुन्छ।' आफूसँगै राजनीतिमा पुनः सक्रिय भएका पुनप्रति इंगित गर्दै दाहालले भने।

आफू पहिलोपटक प्रधानमन्त्री भएका बेला देशलाई सडक माध्यमले जोड्न मध्य पहाडी लोकमार्गको अवधारणा अघि सारेको र त्यसैको पूर्णताका लागि अवलोकन गर्न आइपुगेको दाहालले निष्कर्ष सुनाए। यही क्रममा द्वन्द्वका घाइते, अपाङ्ग, सहिद परिवार र ज्यादै योगदान गरेका योद्धा र कार्यकर्तालाई सम्मान गर्ने मौका मिलेको उनले बताए । 'द्वन्द्वमा ज्यान गुमाउनेहरुलाई सम्मानस्वरुप मेरो नेतृत्वमा सहिद घोषणा गर्‍यौं र राजपत्रमा समेत सूचना निकाल्यौं,' उनले सुनाए।

दाहालले बैतडीको पाटनबाट मध्य पहाडी लोकमार्गको यात्रा सुरु गरेका थिए। उनलाई बुधबार थबाङमा स्थानीयले भव्य स्वागत गरेका थिए।  त्यस क्रममा सत्तामा पुगेका बेला पार्टीले चाहेअनुसारको परिवर्तन गर्न नसकेकामा गम्भीर समीक्षा पनि गरेको उनले सुनाए । 'सामाजिक न्याय, मिटरब्याज, सामाजिक सुरक्षा कोषलगायतका विषयमा हाम्रो सरकारले महत्त्वपूर्ण काम गर्‍यो,' उनले भने।

दाहालले १० वर्षको जनयुद्धको अवधिमा थबाङ केन्द्र भएको स्वीकार गरे। उनले पहिले जस्तै फेरि पनि जनतासँग अपlल गर्न  आइपुगेको सुनाए। 'जनयुद्धकालमा थबाङ मुख्य केन्द्र थियो, अब फेरि पनि केन्द्र बनाउने उद्देश्यले हामी आएका हौं। तपाईंहरुसँग फेरि पनि म अपिल गर्दछु, साथ दिनुहोस्,' उनले भने । २०६४ यता पार्टीको अवस्था कमजोर हुनुमा कांग्रेस र एमाले लगायतका पुरानै शक्तिले अवरोध गरेको उनले दाबी गरे । 'त्यसैले प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुने प्रणालीका लागि हामीले आवाज उठाइरहेका छौं। जनताको जित हुने प्रणाली स्थापित गर्न हाम्रो आन्दोलन जारी छ,' उनले भने ।

अध्यक्ष दाहालसहितको अभियान टोली बुधबार रोल्पामा बस्नेछ। बिहीबार पूर्वप्रधानमन्त्री दाहालले थबाङस्थित केही  पूर्वाधार संरचनाको उद्घाटन गर्ने कार्यक्रम छ। दाहाल २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा रोल्पाबाट निर्वाचित भएर गणतन्त्रकालको पहिलो प्रधानमन्त्री बनेका थिए ।

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully