खैरो हेरोइनसहित एक युवक पक्राउ 

जेष्ठ ७, २०८२

माधव ढुंगाना

A young man was arrested with brown heroin

भैरहवा — खैरो हेरोइनसहित भैरहवाका एक युवक पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–८ का २० वर्षीय राहुल हरिजनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी बिट बसपार्क भैरहवा रुपन्देहीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट २ ग्राम ८ मिलीग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । सिद्धार्थनगर न.पा. ३ खजहनास्थित चिल्ड्रेनपार्कमा लागूऔषधको बिक्री वितरण भएको भन्ने गोप्य सूचनाका आधारमा तत्कालै खटिएको प्रहरी टोलीले उनलाइ पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डीएसपी सुरज कार्कीले बरामद भएको ब्राउनसुगर र पक्राउ परेका हरिजनलाई जिल्ला अदालतमा पेस भएकोमा अदालतबाट ७ दिन म्याद थप भएपछि जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान जारी रहेको बताए । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully