कपिलवस्तु — विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीविरुद्ध रूपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा पालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
रूपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको हो । अदालतको आदेशपछि चौधरी सम्पर्कविहीन छन् ।
चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको प्रहरी स्रोतले जनाएको छ । चौधरीको खोजी भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
