सुनवलमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

जेष्ठ ५, २०८२

नवीन पौडेल

A young man died in a car accident in Sunwal

परासी — पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। परासी–सुनवल सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका ९, स्वाठीमा लु २६ प २५०० नम्बरको मोटरसाइकललाई सानो गाडीले ठक्कर दिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तका अनुसार दुर्घटनामा मृत्यु हुनेमा रामग्राम नगरपालिका १ का २२ वर्षका जीवन यादव रहेका छन्।

घाइते यादवको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने सवारीचालक फरार छन् ।

प्रत्यक्षदर्शीले सानो कारले ठक्कर दिएको भने पनि नम्बर पत्ता लाग्न सकेको छैन। ठक्कर दिने सवारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully