दाङ — तुलसीपुरमा जुवा खेलेको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–५, न्युरोडस्थित मिनबहादुर घर्तीको घरमा जुवा खेलिरहेका छन् भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार राति उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
उनीहरुको साथबाट ४६ हजार ६ सय ४५ रुपैयाँ नगद बरामद भएको उनले जानकारी दिए । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका–४ घर भइ हाल तुलसीपुर–५ बस्ने ४६ वर्षीय मिनबहादुर घर्ती, तुलसीपुर–६ का ५१ वर्षीय नरबहादुर शाही, तुलसीपुर–८ का ४४ वर्षीय निमबहादुर भण्डारी र तुलसीपुर–६ का ४० वर्षीय विष्णुप्रसाद नेपाली रहेका छन् ।
यसैगरी तुलसीपुर–८ का ३७ वर्षीय विश्व डाागी, तुलसीपुर–६ का ४३ वर्षीय डिलबहादुर नेपाली, ४८ वर्षीय ओमबहादुर थापा, सल्यानको बागचौर नगरपालिका–४ घर भइ हाल तुलसीपुर–५ बस्ने ४० वर्षीय शेरबहादुर घर्ती र तुलसीपुर–७ का ४२ वर्षीय प्रकाश भुसाल पक्राउ परेका छन् । उनीहरुलाई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी शाहले बताए ।
