बर्दघाट, सुनवल, भुमहीका बजार क्षेत्रमा निःशुल्क अग्नि नियन्त्रण उपकरण जडान

जेष्ठ ३, २०८२

नवीन पौडेल

Installation of free fire fighting equipment in market areas of Bardghat, Sunwal, Bhumhi

परासी — आगलागीका घटना बढेपछि उद्योग व्यापार संघ बर्दघाटले बजार क्षेत्रमा अग्नि नियन्त्रक यन्त्र राखेको छ । बजार क्षेत्रमा राखिएको यन्त्र नि:शुल्करूपमा प्रयोग गर्न सकिने संघले जनाएको छ ।

आगलागी भएपछि तत्कालै दमकल आउन समय नसक्ने, कतिपय स्थानमा दमकल जानसमेत नसक्ने अवस्था हुने भएकाले तत्कालै आगो निभाएर क्षति कम गर्न अग्नि नियन्त्रण यन्त्र राखिएको संघका सचिव नारायण भण्डारीले बताए । 

सुरुवाती चरणमा बर्दघाटको मुख्य बजार क्षेत्रमा ८ वटा अग्नि नियन्त्रण स्प्रे उपकरण राखिएको र जिमिरेभार र भुताहा क्षेत्रमा थप ७ वटा थप गरिने संघको योजना छ । 

जिल्लाको बर्दघाट, सुनवल, भुमही बजारमा आगलागीबाट करोडौं रुपैयाँको क्षति पुगेको र समयमा नै आगो नियन्त्रणमा लिन नसक्दा थप जोखिम बढ्ने भन्दै बर्दघाटका व्यवसायीले रकम संकलन गरेर स्प्रे उपकरण जडान गरेका हुन् । संघले यो अभियानमा सहयोग गर्न पनि स्थानीयस्तरका संघसंस्था र सरोकारवालासँग आग्रह गरेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully