हावाहुरी छल्न सडक प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालय माथि ढलेपछि उनीहरु च्यापिएका थिए
परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ चारपालामा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
आज मध्याह्न आएको हावाहुरी छल्न सडक प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालय माथि ढलेपछि उनीहरु च्यापिएका थिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार ३० वर्षकी मीरा बयम्बु र ४० वर्षका दुर्गाबहादुर पुनको मृत्यु भएको हो । घटनामा स्थानीय नरमति परियार, अनिल थापा र दुर्गेश्वरा खाम्चा मगर घाइते भएका छन् । घाइतेहरुको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।
