चिर्पट प्रहार गरी दाङमा श्रीमान्‌को हत्या

वैशाख ३१, २०८२

दुर्गालाल केसी

Husband killed in Dang by hitting Chirpat

दाङ — श्रीमतीको चिर्पट प्रहारबाट बंगलाचुली गाउँपालिकामा श्रीमानको हत्या भएको छ । 

घरायसी विवाद हुँदा बंगलाचुली गाउँपालिका–७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरले मंगलबार ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।

चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको उनले बताए । संगीतालाई पक्राउ गरी अनुसन्धान थालेको तिमिल्सिनाले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानमा संगिताले श्रीमानले मदिरा सेवन गरी जबरजस्ती करणी गर्न खोजेपछि चिर्पट प्रहार गरेको बयान दिएको उनले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully