पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु 

वैशाख २७, २०८२

दुर्गालाल केसी

Teen dies after drowning while swimming

दाङ — तुलसीपुर उपमहानगरपालिका-१८, हसपुरास्थित ड्याममा पौडी खेल्ने क्रममा शनिबार एक किशोरको मृत्यु भएको छ ।

सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम तालमा साथीहरूसँग पौडी खेल्ने पुगेका त्रिवेणी गाउँपालिका-९ सिस्नेरी, रूकुम पश्चिम स्थायी घर भई हाल तुलसीपुरमा अध्ययनका लागि अस्थायी बसोबास गर्दै आइरहेका १६ वर्षीय भूपेन्द्र बिकको मृत्यु भएको इलाका प्रहरी कार्यालयल तुलसीपुरले जनाएको छ । 

शव परीक्षणका लागि प्रादेशिक अस्पताल तुलसीपुर राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully