लुम्बिनीका सामाजिक विकासमन्त्री र स्विस राजदूतबीच भेटवार्ता

शिक्षाको गुणस्तर अभिवृद्धि र प्राविधिक शिक्षामा सहकार्य गर्ने विषयमा छलफल

वैशाख २४, २०८२

घनश्याम गौतम

Meeting between Minister of Social Development of Lumbini and Swiss Ambassador

बुटवल — नेपालका लागि स्विट्जरल्यान्डका  राजदूत ड्यानिएल मेउलीले लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा प्रदेशको समग्र सामाजिक विकास विशेषगरी शिक्षाको गुणस्तर अभिवृद्धि, प्राविधिक तथा व्यावसायिक शिक्षा प्रवर्द्धन र मैत्रीपूर्ण सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको मन्त्री तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

राजदूत मेउलीले स्विट्जरल्यान्डका सरकार शिक्षा क्षेत्रको सुधारमा सहयोग गर्न इच्छुक रहेको भेटमा बताएकी छन् ।

मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशको शिक्षा प्रणालीलाई प्रविधिमैत्री, रोजगारमुखी र समावेशी बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको आग्रह गरेका थिए । राजदूत मेउलीले सकारात्मक जवाफ दिएको मन्त्रीको सचिवालयले जनाएको छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully