परासी — पश्चिम नवलपरासीका करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोष योजनामा समावेश गर्न माग गरिएको छ । वैशाख १ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार कार्यान्वयन गर्न माग गरिएको हो ।
जिल्लाका सरकारी कार्यालयमा कार्यरत करार तथा अस्थायी कर्मचारीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका छ्न् । पेसागत हकहितसम्बन्धी ४ बुँदे मागसहित ज्ञापनपत्र बुझाइएको हो ।
सरकारले अस्थायी तथा करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने भने पनि बजेट अभाव तथा अन्य कारण देखाउँदै कोषमा सहभागी हुनबाट बन्चित हुनु परेको भन्दै करार तथा अस्थायी कर्मचारीको गुनासो छ ।
