नीलगाई मारेको आरोपमा एक जना पक्राउ

वैशाख २१, २०८२

मनोज पौडेल

One person arrested for killing Nilgai

कपिलवस्तु — नीलगाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खानलाई पक्राउ गरेको हो ।

शनिबार राति १ बजेतिर महाराजगन्ज नगरपालिका-६, सानो बुटहनीया गाउँको उखुबारीमा गोली पड्किएको आवाज गाउँलेले सुनेपछि स्थानीय उदयपुर प्रहरी चौकीबाट खटिएको टोली पुग्दा दुई वटा नीलगाई मरेको भेटिएको हो । 

६ राउन्ड गोली र खोका ४ थान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक निरञ्जन भट्टले बताए । बा१७च ८९० नम्बरको हाइलक्स गाडी,  यूपी३२एके ३६३० नम्बरको मारुती भ्यान, लु५०प ४१२ नम्बरको मोटरसाइकल र यूपी५५आर ६१६७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । सिकार खेल्न १०/१२ जना गए पनि प्रहरी देखेपछि नीलगाई मार्न प्रयोग गरिएको बन्दुकसहित अन्य फरार भएका थिए । पक्राउ परेका खानलाई गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइएको छ । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully