कालिगण्डकी करिडोरको हिउँदे खोलामा सडक अवरुद्ध

वैशाख २०, २०८२

नवीन पौडेल

Road blocked in winter river of Kaligandaki corridor

नवलपुर — पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–३ हिउँदे खोलामा सुख्खा पहिरोको कारण सडक अवरुद्ध भएको छ । 

कालिगण्डकी करिडोर अन्तर्गत पर्ने यो सडक खण्डमा सडक माथिबाट लगातार सुख्खा पहिरो खसेकाले यातायात सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । लगातार पहिरो खसिरहेकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था छैन ।

बुटवल नारायणगढ सडक विस्तारका क्रममा दाउन्नेमा बारम्बार सडक अवरुद्ध हुँदा पछिल्लो समय कालीगण्डकी करिडोरको सडक प्रयोग गर्ने यात्रु बढेका छ्न् । यो सडक खण्डमा पनि समस्या आएपछि यात्रुले थप सास्ती भोग्नुपरेको छ । 

गैंडाकोटबाट नवलपुरको पहाडी भू–भाग हुँदै पाल्पाको रामपुरसम्म सार्वजनिक सवारी सञ्चालन हुने गरेको छ भने निजी सवारी र यात्रुले पनि यही सडक प्रयोग गर्दै आएका छ्न् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully