दाङ — ससुराको हत्या गरी २० वर्षदेखि फरार रहेका तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँका ४२ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी २०६२ साउन १४ गते राती तुलसीपुर-५ नयाँ बसपार्कमा तरकारी पसल गरी बस्ने ३५ वर्षीय ससुरा कासीराम विकलाई हत्या गरी भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
आपसी विवादमा गुरुङले मादक पदार्थ सेवन गरी विकलाई हात खुट्टाले हिर्काइ भुइँमा लडाएर हत्या गरेको डीएसपी ठकुरीले बताए । गुरुङले १५ वर्ष भारतमा बसी गाडी चलाउने काम गरेको र ५ वर्षअघि नेपाल आइ गाडी चालककै काम गरिरहेको डीएसपी ठकुरीले बताए ।
साउनमा घटना भएको २० वर्ष पुग्न थालेकोमा शुक्रबार गुरुङलाई तुलसीपुर-१२ टरिगाउँबाट पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
