दाउन्नेमा सुक्खा पहिरो खसेपछि पहाड काटेर डाइभर्सन बनाइँदै 

मालवाहक र ठूला सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकियो

वैशाख ९, २०८२

नवीन पौडेल

A diversion is being made by cutting the hill after a dry landslip in Downe

परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्नेमा सुक्खा पहिरो खसेको स्थानमा मर्मत र डाइभर्सन निमार्णको काम भइरहेको छ ।

बुटवल-नारायणगढ सडक विस्तार क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम भइरहेको समयमा पहिरो खसेको थियो । अहिले दुवैतर्फ यातायात बन्द गरेर पहिरो खसेको क्षेत्रभन्दा उत्तरतर्फ पहाड काटेर डाइभर्सन बनाउने काम भइरहेको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

यो खण्डमा सञ्चालन हुने मालवाहक र ठूला सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ । सडक बन्द भएपछि दाउन्नेमा सवारीको जाम लागेको छ । पानी पर्दा हिलो, घाम लाग्दा धुलोले आजित भएका यात्रुले अहिले सुक्खा पहिरो खसेपछि थप सास्ती पाएका छन् ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully